रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः लोहनी


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण वावु लोहनी पुनः नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको १५५ औं बैठकले लोहनीलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन १८ देखि लागू हुनेगरी ४ वर्ष अवधिको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।