
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन अनुमति प्रदान गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले प्राधिकरणले लिन लागेको १० अर्ब ऋणको लागि अर्थ मन्त्रालयले स्वीकृत दिएको जानकारी दिए । अब प्राधिकरणले यही आर्थिक वर्षमा लोन लिएर तिर्नु पर्नेछ ।
शाक्यले भने, ‘विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिनका लागि स्वीकृत दिएको छ । अब बैंकसँग कोटेसन मागेर लोन लिने छौँ । चालू आर्थिक वर्षमा नै लोन लिएर तिर्नुपर्ने ठाउँमा प्राधिकरणले भुक्तानी दिनेछ ।’
शाक्यका अनुसार प्राधिकरणले वन र ठेक्का लगायतको करिब १४ अर्ब भुक्तानी गर्नुपर्ने छ ।
प्रतिक्रिया