
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको फ्याक्ट्रीबाट विस्फोटको आवाज आएको छ । उद्योगको भट्टी पड्किएको हो ।
उद्योगमा काम चलिरहेको बेला बुधबार राति ठूलो आवाज आएको थियो ।
त्यहाँबाट नफर्केसम्म के कस्तो क्षती भएको भन्न नसकिने सिमरा प्रहरीका ड्युटी अफिसरले क्लिकमान्डुलाई जानकारी दिए ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको हो । बुधबार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको हो ।
विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।
उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि एकजना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका हुन् । अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।
प्रतिक्रिया