माधव नेपालले ३५ लाख धरौटी नबुझाए थुनामा राख्न अदालतको आदेश

1.1k
Shares

काठमाडौं । विशेष अदालतले पतञ्जलि योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार थुनछेक बहस सकिएपछि अध्यक्ष नेपाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अदालतमा धरौटी बुझाउने तयारी थालिएको छ ।

विशेष अदालतले माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके वशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम (२) बमोजिम प्रतिवादी माधव नेपाललाई थुनुवा पूर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन भनिएको छ ।

यस्तो छ आदेश