
काठमाडौं । पछिल्लो एघार महिनाको अवधीमा ६० अर्ब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
उद्योग विभागका प्रवक्ता अर्जुनसेन ओलीका अनुसार चालु आर्थिक वर्षको जेठसम्म स्वचालित मार्गबाट ३ अर्ब ८६ करोड र स्वीकृति मार्गबाट ५६ अर्ब ७४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
अघिल्लो आर्थिक वर्षको यहि अवधीमा स्वचालित मार्ग स्वचालित मार्गबाट ५ अर्ब ६४ करोड र स्वीकृति मार्गबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो ।
ओलीका अनुसार जेठसम्म कुल ७ सय १७ वटा लगानीसम्बन्धी प्रस्ताव योजना स्वीकृत भएको छ । त्यसमध्ये ३ सय ७० प्रस्ताव स्वचालित मार्गबाट आएका छन् । यो वर्ष जेठमा मात्रै १ सय ४१ प्रस्ताव स्वीकृत भएको छ । ८८ वटा स्वचालित मार्गबाट आएका छन् ।
यो वर्ष स्वीकृत कूल वैदेशिक लगानी प्रस्तावमध्ये ६ वटा मात्रै ठूला उद्योगको रुपमा दर्ता भएका छन् । ९ वटा मझौला उद्योगमा लगानी प्रस्ताव आएको छ । अन्य लगानी भने साना उद्योगमा आएको छ । कुल ७ सय २ साना उद्योग दर्ता भएको तथ्यांक छ । जेठमा मात्र एक उद्योग मझौला खालको आएको छ ।
यो वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै सूचना प्रविधितर्फ छन् । यसतर्फ ३ यस १३ उद्योग दर्ता छन् । दोस्रोमा पर्यटनतर्फ २ सय ६६ उद्योग दर्ता भएका छन् । यस्तै सेवा क्षेत्रतर्फ ७६, उत्पादनतर्फ ४८ र कृषितर्फ ११ उद्योग दर्ता भएको छ ।
प्रतिक्रिया