
काठमाडौं । काठमाडौंको धोबीखोलामा बाढी आएको छ।
शुक्रबार दिनभर भएको वर्षाका कारण धोबीखोलामा जलसतह बढेर बाढी आएको हो। धोबीखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन्। बाढीको पानी भरिएका कारण कोरिडर र बाढीको सतह एउटै स्तरमा आइपुगेको छ ।
जसका कारण सवारी आवागमन प्रभावित भएको छ। बाढी आएपछि सुरक्षाकर्मीहरू परिचालन गरी धोबिखोला नजिक नजान सतर्कता अपनाइएको छ।








प्रतिक्रिया