कालिमाटी तरकारी थोक बजार : तने बोडी ४४ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार ठूलो गोलभेडा प्रतिकिलो ६५ रुपैयाँमा थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा २६.२०, टनेल सानो गोलभेडा ३८.४०, रातो आलु ४०.६०, मुढे रातो आलु ३७, प्याज ४२.७५, गाजर लोकल ६६, गाजर तराई ५०, बन्दा लोकल २७.४०, स्थानीय काउली ६२, लाम्चो भान्टा १८, डल्लो भान्टा ३५, तने बोडी ४४, मटरकोशा १४८, घिउ सिमी लोकल ४९, घिउ सिमी हाइब्रीड ३६, घिउ सिमी राजमा ११४, टाटे सिमी ६६, तिते करेला ३२ र लौंका २१ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर लोकल ३०, परवर तराई ३९.४०, घिरौला ४१, पाकेको फर्सी ४१, हरियो फर्सी लाम्चो २९, हरियो फर्सी डल्लो ३२.६०, भिण्डी ४०, पिडालु ९३.७५, स्कुस ६४, रायो साग ३८, पालुङ्गो साग ४२.५०, तोरीको साग ३०, प्याज हरियो ९२, कन्ये च्याउ १५२, डल्ले च्याउ ३३०, राजा च्याउ २९०, सिताके च्याउ ८७०, कुरिलो २६० र न्युरो ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी ब्रोकाउली ६२, सजिवन १६४, बन्दा रातो ७६, जिरीको साग ९२, सौंफको साग १०२, तामा ११०, तोफु १३०, गुन्द्रुक ३२५, लोकल काक्रो ५०, रुख कटहर १८०, अदुवा ९८, हरियो खुर्सानी ३७, भेडे खुर्सानी ५० र नेपाली लसुन १४८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

Skip This