आजको राशिफल: कुन राशिकाले केमा गर्ने लगानी ?

126
Shares

आज विक्रम संवत् २०८२ साल असार ०४ गते, बुधवार, अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन १८ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलागा, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म । आज आषाढ कृष्णपक्ष सप्तमी तिथि बिहान १०:३८ बजेपछि अष्टमी प्रारम्भ हुनेछ । नक्षत्र पूर्वभाद्रपदा राति १०:०१ बजेपछि उत्तरभाद्रपदा हुनेछ । योग प्रीति बिहान ६:१३ बजेपछि आयुष्मान्, त्यसपछि राति ३:३९ बजेपछि सौभाग्य हुनेछ । करण वव बिहान १०:३८ बजेपछि वालव, त्यसपछि राति ९:४१ बजेपछि कौलव हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् । आनन्दादि योगअनुसार पद्म योग परेको छ । दिनमान १३ घण्टा ५० मिनेटको हुनेछ । आज सूर्योदय बिहान ५:१० मा हुनेछ भने सूर्यास्त साँझ ७:०० बजे हुनेछ । दिन विशेष: आज पञ्चक आरम्भ, अष्टमी व्रत तथा गोरखकालीको पूजा गरिने विशेष दिन रहेको छ ।

मेष
लगानी गर्ने क्षेत्र : कृषि तथा औद्योगिक क्षेत्र, लगानी नगर्ने क्षेत्र : सट्टाबाजी र भाग्यमा आधारित व्यापार, खरिद गर्नु पर्ने सेयरको क्षेत्र: निर्माण तथा ऊर्जा सम्बन्धी, खरिद गर्न नहुने सेयरको क्षेत्र : सञ्चार तथा प्रविधि, कानुनी झमेला : कागजपत्र नपुगेका कारण झन्झट, शुभ रङ: रातो, अशुभ रङ : खैरो, शुभ दिशा : पूर्व, अशुभ दिशा : दक्षिण, सन्तानको पढाइ र स्वास्थ्य : मन एकाग्र नहुन सक्छ, खानपानमा ध्यान दिनुहोस्, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : प्रेममा गलत बुझाइ नहोस्, संवाद आवश्यक, सुझाव : आज अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहनुहोस् ।

वृष
लगानी गर्ने क्षेत्र : चल-अचल सम्पत्ति, लगानी नगर्ने क्षेत्र : नयाँ स्टार्टअप वा साझेदारीमा, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : बैंकिङ तथा वित्तीय, खरिद गर्न नहुने सेयरको क्षेत्र : सेवा र पर्यटन, कानुनी झमेला : सम्पत्तिको कागजातमा विवाद, शुभ रङ : सेतो, अशुभ रङ : कालो, शुभ दिशा : उत्तर, अशुभ दिशा : पश्चिम, सन्तानको पढाइ र स्वास्थ्य : नियमित अभ्यास राम्रो, तर टाउको दुख्न सक्छ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : सहकार्यले सम्बन्ध बलियो हुन्छ, सुझाव : पुराना बक्यौता चाँडै फस्र्यौट गर्नु बुद्धिमानी हुनेछ ।

मिथुन
लगानी गर्ने क्षेत्र : लेखन, मिडिया, शिक्षा, लगानी नगर्ने क्षेत्र : डलरमा आधारित कारोबार, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : सूचना प्रविधि, खरिद गर्न नहुने सेयरको क्षेत्र : उत्पादनमुखी उद्योग, कानुनी झमेला : कर्जा तथा कर तिर्नामा समस्या, शुभ रङ : पहेंलो, अशुभ रङ : निलो, शुभ दिशा : दक्षिण, अशुभ दिशा : उत्तरपूर्व, सन्तानको पढाइ र स्वास्थ्य : साथीको प्रभावले ध्यान भंग हुनसक्छ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : रमाइलो समय बित्ने सम्भावना, सुझाव : समयमै योजना बनाउनु राम्रो।

कर्कट
लगानी गर्ने क्षेत्र : ढुवानी, होटेल तथा रेस्टुरेन्ट, लगानी नगर्ने क्षेत्र : प्रवासी लगानी, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : सहकारी र बीमा, खरिद गर्न नहुने सेयरको क्षेत्र : कच्चा पदार्थमा आधारित, कानुनी झमेला : ऋण लिने दिने विवाद, शुभ रङ : सुन्तला, अशुभ रङ : कालो, शुभ दिशा : पश्चिम, अशुभ दिशा : पूर्वदक्षिण, सन्तानको पढाइ र स्वास्थ्य : नियमित रुटिन बनाएमा सुधार, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : मनमुटाव सुल्झाउने अवसर, सुझाव : स्वास्थ्यको अनदेखी नगर्नुहोस् ।

सिंह
लगानी गर्ने क्षेत्र : रियल स्टेट र निर्माण, लगानी नगर्ने क्षेत्र : खानी तथा पेट्रोलियम, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : बीमा, खरिद गर्न नहुने सेयरको क्षेत्र : निर्यातमा आधारित, कानुनी झमेला : सरकारी काममा ढिलासुस्ती, शुभ रङ : सुन, अशुभ रङ : खैरो, शुभ दिशा : दक्षिणपश्चिम, अशुभ दिशा : उत्तरपश्चिम, सन्तानको पढाइ र स्वास्थ्य : सिर्जनात्मक क्षेत्रमा प्रगति, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : बौद्धिक कुराकानीले सम्बन्ध सुधार, सुझाव : कार्यक्षेत्रमा स्पष्ट योजना बनाउनुहोस् ।

कन्या
लगानी गर्ने क्षेत्र : शिक्षा, औषधि र अनुसन्धान, लगानी नगर्ने क्षेत्र : सट्टा तथा तासजुवा, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : फार्मेसी र स्वास्थ्य सेवा, खरिद गर्न नहुने सेयरको क्षेत्र : आयातमुखी उद्योग, कानुनी झमेला : सामान्य प्रशासनिक विवाद, शुभ रङ : हरियो, अशुभ रङ : रातो, शुभ दिशा : उत्तरपूर्व, अशुभ दिशा : पश्चिमदक्षिण, सन्तानको पढाइ र स्वास्थ्य : पढाइमा सुधार देखिए पनि पाचन समस्या हुनसक्छ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : आपसी समझदारी बढ्नेछ, सुझाव : आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस् ।

तुला
लगानी गर्ने क्षेत्र : कला, फेसन र डिजाइन, लगानी नगर्ने क्षेत्र : बहुमूल्य धातुमा आधारित व्यापार, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : होटल, इन्टरटेन्मेन्ट र खाद्य क्षेत्र, खरिद गर्न नहुने सेयरको क्षेत्र : कच्चा पदार्थमा आधारित कम्पनी, कानुनी झमेला : सामाजिक सञ्जाल वा कागजी प्रक्रियामा विवाद, शुभ रङ : निलो, अशुभ रङ : पहेँलो, शुभ दिशा : पश्चिम, अशुभ दिशा : दक्षिणपूर्व, सन्तानको पढाइ र स्वास्थ्य : शारीरिक थकानको अनुभूति हुन सक्छ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : आपसी भावना प्रगाढ बन्नेछ, सुझाव : विचारपूर्वक निर्णय लिनुहोस् ।

वृश्चिक
लगानी गर्ने क्षेत्र : सुरक्षा, फार्मेसी तथा अनुसन्धान, लगानी नगर्ने क्षेत्र : अनुमानमा आधारित सेयर कारोबार, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : औद्योगिक उत्पादन, खरिद गर्न नहुने सेयरको क्षेत्र : इन्टरनेट र गेमिङ कम्पनी, कानुनी झमेला : सरकारी कागजपत्र र दस्तावेजमा उल्झन, शुभ रङ : कालो, अशुभ रङ : सेतो, शुभ दिशा : दक्षिण, अशुभ दिशा : उत्तर, सन्तानको पढाइ र स्वास्थ्य : अनुशासन कायम राखेमा सुधार, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : भावना बुझ्ने कोसिस गर्नुहोस्, सुझाव : आत्मबल बढाउनुहोस् ।

धनु
लगानी गर्ने क्षेत्र : धर्म, अध्यात्म र सामाजिक संस्था, लगानी नगर्ने क्षेत्र : मनोरञ्जनमा आधारित र अनियमित व्यापार, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : दूरसञ्चार र प्रविधि, खरिद गर्न नहुने सेयरको क्षेत्र : अत्यन्त साना कम्पनी, कानुनी झमेला : कर तथा दस्तावेजको त्रुटि, शुभ रङ : सुन्तला, अशुभ रङ : खैरो, शुभ दिशा : पूर्व, अशुभ दिशा : पश्चिम, सन्तानको पढाइ र स्वास्थ्य : मन स्थिर नरहन सक्छ, ध्यान र अध्यात्म फाइदाजनक, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : एक-अर्काको भावना बुझ्न सकिने दिन, सुझाव : अध्यात्ममा मन लगाउनु राम्रो हुनेछ ।

मकर
लगानी गर्ने क्षेत्र : पूर्वाधार, निर्माण र मेशिनरी, लगानी नगर्ने क्षेत्र : अनलाइन चिट्ठा वा अवैध योजना, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : उत्पादनमूलक र भारी उपकरण, खरिद गर्न नहुने सेयरको क्षेत्र : मनोरञ्जन र अनलाइन प्लेटफर्म, कानुनी झमेला : पुरानो मुद्दाको पेचिलो पाटो सताउन सक्छ, शुभ रङ : सेतो, अशुभ रङ : कालो, शुभ दिशा : उत्तर, अशुभ दिशा : दक्षिणपूर्व, सन्तानको पढाइ र स्वास्थ्य : शरीरमा आलस्य बढ्न सक्छ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : व्यस्तताको कारण दूरी बढ्न सक्छ, सुझाव : समय व्यवस्थापनमा ध्यान दिनुहोस् ।

कुम्भ
लगानी गर्ने क्षेत्र : प्रविधि, अनुसन्धान र शिक्षा, लगानी नगर्ने क्षेत्र : अचल सम्पत्ति खरिदबिक्री, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : सूचना प्रविधि, खरिद गर्न नहुने सेयरको क्षेत्र : निर्माण, कानुनी झमेला : कर सम्बन्धी विवाद सम्भावित, शुभ रङ : निलो, अशुभ रङ : रातो, शुभ दिशा : उत्तरपश्चिम, अशुभ दिशा : दक्षिण, सन्तानको पढाइ र स्वास्थ्य : ध्यान केन्द्रित हुन गाह्रो, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : भावनात्मक निकटता बढ्नेछ, सुझाव : गलत निर्णयबाट बच्न अनुभवी सल्लाह लिनुहोस् ।

मीन
लगानी गर्ने क्षेत्र : जलस्रोत, माछापालन र प्राकृतिक स्रोत, लगानी नगर्ने क्षेत्र : नयाँ साझेदारी तथा जुवा-सट्टा, खरिद गर्नु पर्ने सेयरको क्षेत्र : जलविद्युत, खरिद गर्न नहुने सेयरको क्षेत्र : जोखिमपूर्ण बजार, कानुनी झमेला : साझेदारीको विषयमा मतभेद, शुभ रङ : गुलाबी, अशुभ रङ : पहेँलो, शुभ दिशा : दक्षिणपूर्व, अशुभ दिशा : उत्तर, सन्तानको पढाइ र स्वास्थ्य : सृजनात्मक क्षेत्रमा रुचि बढ्नेछ, जीवनसाथी सँगको सम्बन्ध, प्रेम जीवन र प्रगति : प्रेम र बन्धन गहिरिनेछ, सुझाव : भावना अनुसार होइन, विवेक अनुसार निर्णय गर्नुहोस् ।

Skip This