
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पल्ट कुनै खेल तेस्रोपल्ट सुपर ओभरमा गएको छ । स्कटल्यान्डमा जारी त्रिदेशीय कपको दोस्रो खेल तेस्रो सुपर ओभरमा प्रवेश गरेको हो ।
नेदरल्यानन्ड्ले पहिलो इनिङ्समा १५२ रन बनाएकामा नेपालले पनि २० ओभरमा १५२ रन नै बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । पहिलो सुपर ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा १७ रन बनाएका थिए।
यसअघि महाराजा ट्रफीमा पनि एक खेल तेस्रो सुपर ओभरमा प्रवेश गरेको थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो सुपर ओभर पहिलोपल्ट खेलिएको हो । तेस्रो सुपर ओभरमा नेपालले कुनै रन बनाउन सकेन । मात्र १ रनको लक्ष्य रहेकामा खेल नेदरल्यान्सले जितेको छ ।








प्रतिक्रिया