माओवादीसँग सहमति गरेर अरु प्रतिपक्षीलाई पेलेरै संसद् चल्यो, रास्वपाको विरोधकै बीच गृहमन्त्रीले जवाफ दिए

651
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसँग सत्तरुढ दल एमाले र कांग्रेसले दुई बुँदे सहमति गरेर अरु प्रतिपक्षीलाई पेलेरै शुक्रबारको संसद बैठक चलाइएको छ । संसदमा राप्रपा र रास्वपाको विरोधकैबीच संसद बैठकमा गृहमन्त्री रमेश लेखकलाई सभामुखले बोल्न दिएका छन् ।

शुक्रबार संसद वैठक सञ्चालन हुन थालेपछि प्रतिपक्षिले टेवुल ठटाएर विरोध गर्दागर्दा गृहमन्त्रीलाई बोल्न दिएपछि रास्वमा रोस्टर अगाडि नै पुगेर नाराबाजी गरिरहेको छ ।

संसदमा गृहमन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको र आफू दोषिसमेत नभएकोले अख्तिायारले गरिरहेको छानविनबाट यथार्थ जानकारी आउने जानकारी संसदलाई गराए ।

उनले भिजिट भिसामा जोडिएका र अख्तियारको छानविनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले जिम्मेवारी नदिएको र यस अघिकै मन्त्रीले दिएको जिम्मेवारी पाएको पनि संसदलाई बताएका छन् ।

उनले भिजिट भिसामा जाने प्रचलन आफ्नो पालामा मात्रै नभएकोले वर्षेदेखि चलिरहेको विषय भएको र अन्य मन्त्रीको पालमा थप धेरै भएको तथ्यांकले देखाउने पनि उल्लेख गरे ।