
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसँग सत्तरुढ दल एमाले र कांग्रेसले दुई बुँदे सहमति गरेर शुक्रबार संसद वैठक सञ्चालन हुन थालेपछि प्रतिपक्षिले टेवुल ठटाएर विरोध गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यले विरोध जारी राखेका छन् । जेठ १३ गतेदेखि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानविन समिति माग गर्दै संसद प्रतिपक्षी दललले संसद अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीसँग सहमति गरेर संसद बैठकमा सभामुखले माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि पहिले आन्दोलनरत पक्षलाई बोल्न दिनुपर्ने भन्दै राप्रपा र रास्वपाले संसद बैठक अवरोध गरिरहेका छन् । उनीहरुले टेबुल ठटाएर संसास बैठक अवरोध गरिरहेका छन् । यसैबीचमा पाण्डेले आफ्ना भनाइ राखेका छन् ।








प्रतिक्रिया