एक घण्टादेखि नेपाली आकाशमा प्लेनले किन लगाए फन्का ?

1.2k
Shares

काठमाडौं । भारी वर्षासँगै भिजिलिटी ठप्प भएर आकासमै होल्ड गरेको जहाजको अवतरण सुरु भएको छ ।

जनकपुरबाट काठमाडौं आएको यति एयरलाइन्सको जहाज सवा ११ मा अवतरण गर्नुपर्ने भएपनि मौसमका कारण विमानस्थल बन्द भएपनि आकासमै होल्ड गरेको बसेको थियो । मौसम खुलेसँगै विमानस्थल खुलेको र यो जहाजले अवरतण गरेको छ ।

आकासमा होल्ड एक घण्टादेखि फन्को मारेर बसिरहेको मलेसिया एयरलाइन्सको जहाज, बैंककबाट आएको थाइ एयरलाइन्सको जहाज, विराटनगर आएको श्री एयरलाइन्सको जहाज, नेपलागन्जबाट आएको श्रीसहितका जहाजले अवतरण लागि पालो पर्खदै होल्ड गरिरहेको छन् ।

यी जहाजहरुको मौसम खुलेसँगै अवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।