मौसमका कारण विमानस्थल बन्द, जहाजहरु होल्डदेखि धमाधम डाइभर्टसम्म

3.7k
Shares

काठमाडौं । मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलीटी ठप्पै भएका कारण विमानस्थल बन्द छ । शुक्रबार विहान करिब साढे ११ बजेदेखि परेको भिषण वर्षासँगै विमानस्थलको भिजिविलीटी कम भएका कारण विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

उनका अनुसार भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय र आन्तरिक उडानका जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । विमानस्थल अवतरण गर्न नसक्ने भएको कारण केही वायुसेवा आकासमै फन्को लगाउँदे बसेका छन् भने केही डाइभर्ट भइरहेका छन् ।

मौसमकै खरावीका कारण काठमाडौंबाट नेपालगन्ज गइरहेको बुद्ध एयरको जहाज सिमरा डाइभर्ट भएको छ । विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज होल्ड गरेर अवतरणको लागि पर्खिरहेको छ । अरु जहाज पनि हाेल्डमा छन् ।

पानी रोकिएर मौसम खुल्नासाथै होल्डमा भएका जहाजले अवतरण गर्ने र डाइभर्ट भएका जहाज पनि आउने भएकोले आधा घण्टादेखि केही वायुसेवामा आकासमा फन्को लगाउँदै बसेका छन् ।