कालिमाटी तरकारी थोक बजार : गोलभेडाको मूल्य आकाश चुम्दै, अन्यको मूल्य कति ?

161
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार पनि गोलभेडाको थोक मूल्य उच्च परिमाणमा बढेको छ ।

बिहिबार ठूलो गोलभेडा ९६.४०, सानो गोलभेडा लोकल ६८.८०, टनेल सानो गोलभेडा ७७.६०, रातो आलु ३९.२५, रातो आलु मुढे ३६.४०, प्याज ४०, गाजर लोकल ६८, गाजर तराई ४७.५०, बन्दा लोकल २८.६०, स्थानीय काउली ५७, सेतो मुला लोकल ३१.६०, लाम्चो भान्टा २३, डल्लो भान्टा ३२, तने बोडी ३३, मटरकोशा १५०, घिउ सिमी लोकल ४८, घिउ सिमी हाइब्रीड ४८, घिउ सिमी राजमा १२८, तिते करेला ४७ र लौंका ३२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर लोकल ४०, परवर तराई ४०, घिरौला ३७.६०, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो ३६, हरियो फर्सी डल्लो ३२, भिण्डी २७.६०, पिडालु ८२, रायो साग ३७.६०, पालुङ्गो साग ४३, तोरीको साग ३८, प्याज हरियो १००, कन्ये च्याउ १५४, डल्ले च्याउ २३०, राजा च्याउ २९०, सिताके च्याउ ८६०, कुरिलो २९० र न्युरो २२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी ब्रोकाउली ६३.६०, बन्दा रातो ६७, जिरीको साग ९८, सेलरी ११७, सौंफको साग ९३, तामा ९८, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, लोकल काक्रो ३९, रुख कटहर ६०, अदुवा १००, हरियो खुर्सानी ३८, भेडे खुर्सानी ८० र नेपाली लसुन १७२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।