
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार सबै प्रकारको गोलभेडाको थोक मूल्य उच्च परिमाणमा बढेको छ ।
सोमबार ८५ रुपैयाँँ प्रतिकिलोमा बिक्री भएको ठूलो गोलभेडाको थोक मूल्य बुधबार १०४.२५ रुपैयाँमा पुगेको छ । यस्तै ६५.२५ रुपैयाँमा बिक्री भएको लोकल सानो गोलभेडा बुधबार ७५ रुपैयाँ र ८०.२५ रुपैयाँमा बिक्री भएको टनेल सानो गोलभेडा ८६.६० रुपैयाँ प्रतिकिलोमा बुधबार कारोबार गरेको छ ।
यस्तै रातो आलु ३७, रातो आलु मुढे ३७.२०, प्याज ४१, गाजर लोकल ६५, बन्दा लोकल १८.७५, स्थानीय काउली ६३.७५, सेतो मुला लोकल ३१.७५, लाम्चो भान्टा २६, डल्लो भान्टा ३६.४०, तने बोडी ३६.६०, मटरकोशा १४३, घिउ सिमी लोकल ४६, घिउ सिमी हाइब्रीड ४२.८०, घिउ सिमी राजमा ११४.६०, तिते करेला ४९.६० र लौंका ४५.८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल ४८.४०, परवर तराई ४७.२०, घिरौला ४७, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो २७.६०, भिण्डी ३८, पिडालु ११०, रायो साग ३८, पालुङ्गो साग ४२, तोरीको साग ३३, कन्ये च्याउ १९४, डल्ले च्याउ २९०, राजा च्याउ २९४, सिताके च्याउ ८७०, कुरिलो २७० र न्युरो २७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ब्रोकाउली ७८, बन्दा रातो ६६.६७, जिरीको साग ९७.५०, सेलरी ११२, सौंफको साग ९३.३३, तामा ९५, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, लोकल काक्रो ५२, रुख कटहर ५८.३३, अदुवा १००, हरियो खुर्सानी ३८, अकबरे खुर्सानी २७५, भेडे खुर्सानी ९४ र नेपाली लसुन १७२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।







प्रतिक्रिया