प्रहरीको गोली लागेर टोखामा दुई लागु औषध कारोबारी घाइते

413
Shares

काठमाडौं । मंगलबार दिउँसो टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको विशेष सूचनाको आधारमा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

गोली लागेर दुईजना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन ।