
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुलुकका विभिन्न स्थानमा पशु चौपायहरुमा देखापरेको लम्पी स्किन र अफ्रिकन स्वाईन फिभरको बिषयमा अध्ययनको लागि संघीय टोली परिचालन गरेको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार वसेको अधिकारीहरुको बैठकले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
रोगको वस्तुस्थितीको दैनिक-आबधिक रिपोटिङ्ग पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा तपेन्द्रप्रसाद वोहोरालाई गराउने गरि फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ ।
बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टेलगायतका किराहरुवाट सर्ने पशु रोगहरुको जोखिमलाई आँकलन गरी रोग नियन्त्रण र खोप कार्यक्रमका लागि आवश्यक पर्ने खोप सहितका आवश्यक वस्तु र पारिश्रमिक समेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तिनवटै तहका सरकारको सहभागीतामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन तयार पार्न पशु सेवा विभागलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया