क्लिकमान्डुकर्मी बर्मा सम्मानित

154
Shares

काठमाडौं । खाद्य तथा पेयजन्य पदार्थको बिषयमा नियमित रुपमा खोजमुलक समाचार सम्प्रेषण गरी आम उपभोक्ता सचेतना कार्यमा महत्वपूर्ण योगदान पुरयाएवापत क्लिकमाण्डुकर्मी राजेश बर्मालाई सरकारले सम्मान गरेको छ ।

विश्व स्वच्छता दिवस तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०८२ को अवसर पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा दिपककुमार खरालले क्लिकमान्कर्मी बर्मालाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

विभागले हिमालय टाइम्सका लेखनाथ पोखरेल, राजु चौधरी, नागरिक दैनिकका दिलीप पौडेल, नयाँ पत्रिकाका अजित अधिकारी, कारोबारका कौशिला कुँवर, टक्सार म्यागजिनका किरण आचार्य, कृषि पत्रिकाका बैकुण्ठ भण्डारी, रेडियो मिर्मिरेका सिर्जना तिमिल्सिना, क्यापिटल नेपालका सरिता थारु, हलोखबर डटकमका मनोज श्रेष्ठ, न्यूज एजेन्सी नेपालका सविन धमला पनि सम्मानित भएका छन् ।