अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा चलेपछि नेकपा एसमा बैठक, नेता कार्यकर्ताको भेला

315
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । भित्र बैठक चलिरहँदा बाहिर कार्यकर्ताहरु भेला भएका छन् । उनीहरुको कुराकानीको मुख्य विषय यही मुद्दा बनेको छ।

अख्तियारले आज नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।