
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग भएको छ ।
बिहीवार काठमाडौंमा आयोजित ‘बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधान विरुद्ध उर्जा उत्पादकहरुको भेला’मा अर्थमन्त्रीको राजीनामा माग भएको हो ।
बजेटमा रन अफ दि रिभर ( आरओआर) आयोजनाको टेक एड पेमा मात्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणाका विषयमा अर्थमन्त्री, उर्जा मन्त्री सबैले थाहा नपाएको भन्न नपाउने उर्जा उत्पादकको तर्क छ ।
‘अर्थमन्त्रीले बजेटमा ल्याएर त्यो कुरा थाहा छैन भन्न पाउनु हुन्न । कि उहाले जिम्मा लिनुपर्छ कि राजीनामा दिनुपर्छ,’ उर्जा उत्पादक अरुण सुवेदीले कार्यक्रममा भने, ‘बजेटमा ल्याएको कुरा अर्थमन्त्रीले जिम्मा नलिने हो भने कसले लिने हो? जिम्मा कसैले नलिने हो भने विधुत आपूर्ति बन्द गरेर आन्दोलनमा जानुपर्छ ।’







प्रतिक्रिया