
काठमाडौं । घैलो ब्रान्डको तोरीको तेल बेच्ने चन्द्र शिव राइस एण्ड आयल मिल प्रालिले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ७३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ८५ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७६ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ९५ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९६० मा स्थापना भएको कम्पनी विराटनगरमा छ । घैला ब्रान्डको तोरीको तेल प्रशोधन गर्न कम्पनीले भारत, अष्ट्रेलिया र युक्रेनबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।
कम्पनीअनुसार सन् २०२५ मा स्वदेशी बजारका साथै भारतमा उच्च माग हुँदा व्यापार बढेको उल्लेख गरेको छ । कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमध्ये ६४ प्रतिशत आम्दानी तोरीको तेलबाट भएको जनाएको छ । जसमा उक्त तेल सबैभन्दा बढी अर्थात् ६७ प्रतिशत कोशी प्रदेशमा मात्रै बिक्रि भएको जनाएको छ ।
प्रतिदिन ३० टन प्रशोधन क्षमता रहेको कम्पनीले तोरीको तेल, तोरीको पिना र तोरीको दाना बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड २५ लाख रुपैयाँ र अल्वकालीन कर्जाका ४६ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा चार जनाको लगानी छ ।
सन्तोसप्रसाद रिजाल अध्यक्ष रहेको कम्पनीले तोरीको तेल प्रशोधन गर्ने नयाँ प्लान्ट निर्माण गरिरहेको छ । कम्पनीले ४ विघा क्षेत्रफलमा उक्त प्लान्ट निर्माण गरिरहेको जनाएको छ । सो प्लान्ट निर्माण गर्न हालसम्ममा ४९ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । हालसम्ममा जग्गाको अधिग्रहन र निर्माण कार्य भइरहेको उल्लेख गरेको छ ।
कम्पनीअनुसार नयाँ प्लान्ट सन् २०२६ देखि व्यवसायिक कारोबार गर्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया