
काठमाडौं । नेपालमा कुखुराको दाना उत्पादन गर्ने गौरी शंकर एग्रो इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२२ मा स्थापना भएको कम्पनीले कुखुराको दाना उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सुनसरीमा उद्योग रहेको कम्पनीले ब्रोइलरको दाना, गाइवस्तुको दाना र माछाको दाना उत्पादन गर्दै आएको छ । कम्पनीसँग हाल वार्षिक १ लाख ४४ हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।
गुणाचन्द्र विस्टको ७० प्रतिशत र टिकाराम पोखरेलको ३० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब २५ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया