
ताप्लेजुङ । बिगत दुई दिन देखि परेको अविरल बर्षाले ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पहिरो गएको छ ।
गाउँपालिकाको वडा ४ र ५ स्थित फुंग-फुंगे झरनादेखि पपुंग हुँदै सिम्भुक गाउँसम्म जाने सडक खण्डका थुप्रै ठाउँहरुमा व्यापक पहिरोले सडक अबरुद्ध गराएको वार्ड न. ५ का वार्ड अध्यक्ष ज्यान्जे शेर्पाले बताए ।
‘पहिरोले कुनै मानवीय क्षति नभए पनि मेवा खोलामा रहेको काठे पुल बाढीले बगाएको छ, कयौं बिजुलीका पोल ढालेको छ र थुप्रै ठाउँहरुमा व्यापक पहिरो गएको अवस्था छ । क्षतिग्रस्थ सबै संरचना र बाटो पुनः मर्मत गरि सडक सुचारु गर्न अब बर्खा अगाडि कठिन देखिन्छ ।’
ताप्लेजुङ जिल्लाको सबै भन्दा उत्तरी भागमा रहेका बस्ति मध्ये एक गाउँ हो सिम्भुक गाउँ, जहाँ भौगोलिक विकटताका साथ साथै दूरसञ्चार सेवा पनि नपुगेकाले जनजीवन अत्यन्त कठिन छ ।








प्रतिक्रिया