यातायात व्यवसायीद्वारा सार्वजनिक सवारी बन्द गरी देशभर हडताल

1.4k
Shares

काठमाडौं । यातायात व्यवसायीले आजदेखि सार्वजनिक सवारी साधन बन्द गरी देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आएको छैन । यसले गर्दा सर्वसाधारण यात्रुका साथै नेपाल घुम्न आएका पर्यटकलाई ओहोर दोहोर गर्न समस्या सिर्जना भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवालाई सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले बिरोध जनाउँदै देशभर अनिश्चितकालको लागि बन्दको आह्वान गरेको हो । विश्वभर लोकप्रिय हुँदै गएको ‘राइड सेयरिङ’ सेवालाई नेपालका यातायात व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रमबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने औल्याएको छ ।