सहकारीमा बचत र सेयर साढे १२ खर्ब नाघ्यो, एक वर्षमै कसरी बढ्यो ६ खर्ब ४७ अर्ब ?

595
Shares

काठमाडौं । सहकारीको कुल कारोबार साढे १२ खर्बभन्दा माथि पुगेको तथ्यांक सकारले सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुन मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत परिचालन ११ खर्ब २५ अर्ब २८ करोड पुगेको उल्लखे छ । त्यस्तै सेयर पूँजी १ खर्ब ४३ अर्ब २९ करोड पुगेको हो ।

सहकारीले सेयर सदस्यबाट संकलन गरेको बचत रकमबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । देशभर कुल ३२ हजार ९६५ सहकारी संस्था रहेको र उक्त सहकारी संस्थामा १ करोड ९ लाख ५ हजार १९२ सेयर सदस्य रहेका छन् ।२०८० फागुनसम्म सहकारी सुंस्थाहरुले ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत परिचालन गरी ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह गरेको तथ्यांक थियो ।

कुल ३१ हजार ४५० सहकरीमा ७३ लाख ८५ हजार ५२८ सेयर सदस्य रहेको उल्लेख थियो । एक वर्षका सहकारीका सेयर सदस्य करिब ३५ लाख २० हजाररले वृद्धि हुँदा बचत रकम साढे ६ खर्ब र कर्जा ५ खर्बभन्दा धेरैले बढेको तथ्यांक आर्थिक सर्वोक्षण मार्फत् सार्वजनिक गरेको हो ।

२०८१ जेठ १५ मा अर्थमन्त्रीले संसदमा पेश गरेको भन्दा २०८१ जेठ १५ मा अर्थमन्त्तीले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा सहकारीको सेयर सदस्य र बचत रकम मात्रै नभएर ऋण लगानीमा पनि ठुलो अन्तर देखिएको छ । जुन तथ्यांक विश्वसनीय देखिदैन ।

सहकारी संस्थाहरुको बचत र ऋण परिचालनको तथ्यांक वास्तविक नभएको भन्दै विगतदेखि नै प्रश्न उठ्नै आएको थियो । कोपोमिक्सको प्रभावकारी कार्यान्वयन गर्दै जाँदा सहकारीको वास्तविक तथ्यांक आएको सरकारी अधिकारीहरुले दाबी गर्दै आएका छन् ।

सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा (कोपोमिक्स) का २०८१ असारसम्म १७ हजार ६ सय ९६ सहकारी संस्था आवद्ध भएकामा २०८१ फागुनसम्म यस्तो संख्या १८ हजार ८ सय ९९ पुगेको छ । तर, अझै पनि करिब १४ हजार सहकराी कोपोमिक्समा आद्ध हुन बाँकी रहेकोले उक्त तथ्यांकमा पनि विश्वास गर्ने आधार भने देखिदैन।

२०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म यस्तो रोजगार घटेको उल्लेख छ । ९० हजार २ सय ६५ रहेको छ ।

आर्थिक सर्वेक्षणअनुसार केही सहकारम्ीा अपचलन भएको सर्वसाधारण्को करिब ४० अर्ब बचत फिर्ताको दायित्व समस्याग्रस्त सहकराी व्यवस्थापन समितिले फर्स्यौट गर्न बाँकी रहेको छ । समस्याग्रस्त घोषित भएका २२ सहकारीमध्ये ३ सहकारीको सम्पत्ती र दायित्वको हिसाब राफसाफ भएको छ ।

सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १९ रहेका छन् । हालसम्म ६२ हजार ७ सय १० कुल दाबीकर्तामध्ये ७ हजार १५५ सदस्यको सम्पूर्ण वचत फिर्ता भएको छ भने करिव १ हजार सदस्यको आंशिक वचत फिर्ता भएको छ । बाँकी सदस्यको वचत फिर्ता हुन सकेको छैन ।

पीडित बचतकर्ताले गरेको मागदावी ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रहेको छ जसमध्ये चालु आर्थिक वर्षको फागुनसम्म ८४ करोड १ लाख ९९ हजार १ सय ८४ रकमसहित २०८१ फागुनसम्म १ अर्व ६७ करोड ६७ लाख २० हजार ५८ रकम पीडित वचतकर्ताले फिर्ता पाएका छन् ।