योजना आयोगका उपाध्यक्ष अधिकारी: बजेट मज्जाले कार्यान्वयन गर्न सकिन्छ र हुन्छ

63
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बजेट कार्यान्वयन गर्न मन्त्रालयगत छलफल गर्ने र कार्यान्वयनमा सहजीकरण गर्ने बताएका छन् ।

शुक्रबार बजेटबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष अधिकारीले बजेट आजैबाट कार्यान्वयनमा गएको बताए ।

‘बजेट आजैबाट कार्यान्वयन भयो । आयोगले सहजीकरण गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने काम योजना आयोगले गर्ने छ,’उनले भने, ‘१६ औं योजनासँग लिंक भएर आएको यो बजेटमा कार्यान्वयन गर्ने इको सिस्टम बनेको छ । बजेट मज्जाले कार्यान्वयन गर्न हुन्छ र कार्यान्वयन गर्न सकिन्छ ।’