
काठमाडौं । बजेट कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको साउन पर्खनु नपर्ने र तयारी पूरा भएका आयोजनाले आजैबाट खरीद प्रक्रिया थाल्न सक्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
बजेटपछिको छलफलका लागि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेट खर्च सहजीकरण गरिएको र तयारी पूरा भएका आयोजनालाई विनियोजन भएको बजेट खर्च थाल्न सकिने व्यवस्था पनि गरिएको उनले बताए ।








प्रतिक्रिया