अधिकाँश प्रदेशमा वर्षाको सम्भावना

168
Shares

काठमाडौं। तीन प्रकारको वायु प्रणालीको प्रभावका कारण आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।