क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसन सम्झौता

28
Shares

काठमाडौं । क्याटल र फोटोन मोटरले गत फेब्रुअरी ८ तारिखमा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामाहस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्नेछन् ।

उनीहरूले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ(आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन् ।

यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी)बीचको सहकार्य हो जसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ ।

फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो । सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो किर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको छ ।

फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छ र यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो । यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन् ।

क्याटल भनेको विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी हो । यसले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ । क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ ।

यसको क्याटल टेकट्रान्स ब्रान्डले लजिस्टिक्स रसार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बस, हल्का तथा भारी ट्रक र निर्माण उपकरणहरूको लागि लामो दूरी, फास्ट चार्जिङर लामो आयु हुने ब्याट्री सोलुसन्स दिन्छ ।

चीनको सभ्यतामा आधारित भए तापनिविश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन् । भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दैकमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ ।