
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
संसद बैठक चल्नासाथ प्रतिपक्षले संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन गर्ने वातावरण नबनाएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले गृहमन्त्रीको राजीनामा नआएसम्म र छानबिनको वातावरण नबनाएसम्म संसद चल्न नदिने बताए ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितले संसद वैठकमा उठेर अवरोध गरेका छन्।
प्रतिपक्षि दल रास्वपाका नेता शिशिर खनालले पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले पछिल्लो ४ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको लुट भएको दाबी गरेका छन् । गृहमन्त्रीले भिजिट भिसामा आएको विवादका कारण राजीनामा दिनुपर्ने माग प्रतिपक्षले गरेका हुन् ।








प्रतिक्रिया