सहकारी पीडितहरुले गरे अर्धनग्न प्रदर्शन

147
Shares

काठमाडौं । सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। अघिल्लो चरणमा महिलाहरूले प्रदर्शन गरेका थिए भने, यसपटक पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन्।

सरकारले बारम्बारको शान्तिपूर्ण आन्दोलनपछि पनि समाधान नदिएको गुनासो गर्दै उनीहरूले अर्धनग्न रूपमा प्रदर्शन गर्न बाध्य भएको बताएका छन् । सहकारी संस्थाको सम्पत्ति लिलामी गरेर भए पनि बचत फिर्ता गराउनुपर्ने उनीहरूको माग छ।

पीडितहरूले ‘सहकारी पीडित बचतकर्ता महासंघ’को प्रस्ताव तुरुन्त कार्यान्वयन गर्न, बिचौलियामार्फत महंगोमा जग्गा बेचेको प्रपञ्च रोक्न, र कोष खडा गरेर बचत रकम फिर्ता गर्न माग गर्दै प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले नाङ्गो हुनु रहर नभई बाध्यता भएको बताएका छन् र माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।