
काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कर्मचारीमैत्री नभएको उनीहरूको आरोप छ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवाल तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने, मुख्य सचिव तथा सचिवस्तरका पदाधिकारीमा प्रस्तावित दुई वर्षे ‘कुलिङ पिरियड’ हटाइनुपर्ने बताउँछन् ।








प्रतिक्रिया