सांग्रिला मोटर्सद्वारा सिट्रोन, लिपमोटर र प्यूजोसहितको प्रिमियम शोरुम सञ्चालनमा

49
Shares

काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उ‌द्घाटन गरेको छ । यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्सद्वारा सञ्चालन हुनेछ ।

काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरुममा विश्व प्रसिद्ध तीन ब्राण्ड सिट्रोन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरुलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने बताइएको छ ।

नयाँ डिलरशिपको औपचारिक उ‌द्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरिन् ।

उ‌द्घाटन समारोहमा शैलेश हजेलाले भने, ‘नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो । हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं । यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका तिट्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।’

हेमन्त गोल्छाले भने, ‘यो नयाँ शोरूम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो । सिट्रोन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं । यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ ।’