नीलमको अन्तिम र विश्वको पहिलो सञ्चालक समिति बैठकमा के के भयो निर्णय ?

15.4k
Shares

काठमाडौं । राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सञ्चालक समितिले स्वागत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १८ औं गभर्नरका रुपमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । गभर्नरमा नियुक्त भएसँगै बुधबार सर्वोच्च अदालतका प्रधानन्याधीसबाट पद तथा गोपनियताको सपथ लिएका पौडेलले बुधबार नै पदभार ग्रहण गरेका थिए ।

नवनियुक्त गभर्नरलाई स्वागत गर्न बुधबार नै राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्यो । उक्त बैठकमा सबै सञ्चालहरुले स्वागत गर्दै राष्ट्र बैंक र वर्तमान आर्थिक अवस्थाको बारेमा पौडेललाई ब्रिफिङ भएको थियो । पौडेले पनि आफ्नो नेतृत्वमा कसरी काम गर्ने र निर्णयहरु हुने भन्ने केही कमिटमेन्टहरु सञ्चालकहरु समक्ष राखे ।

पौडेलले केन्द्रिय बैंक र मौद्रिक क्षेत्रको विषय आफ्ना लागि केही नयाँ भए पनि समग्र अर्थतन्त्रको विष्यमा जानकार भएको भन्दै सञचालक र व्यवस्थापनको सहयमेगमा केन्द्रिय बैंकको शाख बढाउने गरी काम गर्ने बताएको एक सञ्चालकले बताए । सबै सञ्चनलकहरु मौद्रिक क्षेत्र र अर्थतन्त्रको बारेमा विज्ञ भएकाले सबैको साथ सहयोग र सुझावमा नै अगाडि बढ्ने प्रतिवद्धता नवनियुक्त गभर्नर पौडेलले सञ्चालक समितिमा जनाएका हुन् ।

‘बाहिर बसेर अर्थतन्त्रलाई नियाल्ने र विश्लेषण गर्ने काम गरेको अर्थतन्त्रको वर्तमान परिस्थितिका सन्दर्भमा धेरै जानकार भए पनि प्रणालीमा बसेर काम गर्नु मेरा लागि नयाँ हो,’ पौडेलले भने– ‘तपाईंहरु सबै विज्ञ हुनुहुन्छ, राष्ट्र बैंकको गरिमा उच्च राख्दै सबै पक्षलाई सन्तुलन सबैको सुझावअनुसार अघि बढ्छु ।’

मंगलबार नीलमले बोलाएको बैठकले के गर्यो ?

कायम मुकायम गभर्नर एवं अध्यक्षका रुपमा नेपाल राष्ट्र बैंकको डा. नीलम ढुंगाना तिम्सिनाले बोलाएको सञ्चालक समितिको बैठकले केही निर्णय गरेको छ । आफ्नो अध्यक्षतामा बैठक बसिरहेका बेला नीलमको नाम पनि गभर्नर सिफारिस भएको खबर आयो । यो खबर सुन्नेबित्तिकै नीलमले बैठक स्थगित गरिन् । र गभर्नर बन्ने अन्तिम प्रयासमा केही ठाउँ फोन गर्न थालिन् ।

बैठक स्थागित हुनुपूर्व साइबर सेक्युरिटी सम्बन्धी नेपाल बैंकको निरिक्षण प्रतिवेदन र राष्ट्र बैंकको संस्थागत योजना विभागको जोखिम सम्बन्धी ६ महिने प्रतिवेदनमाथि पारित भइसकेको थियो ।

बैठकले राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागको मासिक विवरण र २ वटा लघुवित्तको मर्जरको सैद्धान्तिक सहमति दिने निर्णय गरिसकेको थियो । ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाको मर्जरलाई सैद्धान्तिम सहमति दिने निर्णय मंगलबारको बोर्ड बैठकले गरेको हो ।

यस्तै राष्ट्र बैंक ऐन र विदेशी विनियम व्यवस्थापन सम्बन्धी ऐनको मस्यौदा पेश गरेर छलफल गर्ने एजेण्डा भए पनि त्यसमा प्रवेश नगर्दै गभर्नर सिफारिस समितिले आफ्नो नाम पनि सिफारिस गरेको समाचारपछि तिम्सिनाले बैठक स्थगित गरिन् । गभर्नरमा अन्तिम प्रयास गर्न सकिन्छ कि भनेर उनले सञ्चालक समिति बैठक स्थगित गरे पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गर्यो ।