नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द, यी ४ दर्जन ब्रान्ड सहभागि हुने


काठमाडौं । नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ बन्द भएको छ । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले ‘मोबिलिटीमार्फत विकासलाई सशक्त बनाउँदै’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको हो ।

यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध रहेकोमा ४८ वटा स्टलका लागि आवेदन दिएका थिए । त्यसैले सबै उद्योग सहभागीहरूलाई समेट्नका लागि अतिरिक्त स्टल स्थानहरू सिर्जना गर्नु परेको नाइमा अध्यक्ष रितुसिंह वैद्यले जानकारी दिइन् ।

नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने उनले बताइन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

एक्स्पोमा सहभागी हुने ब्राण्डहरू

चारपाँग्रेः बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।

दुईपाँग्रेः एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

कमर्शियलः चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।