रवि र छविको मुद्दामा आज पनि सुनुवाइ, आदेश आउला ?


फाइल तस्बिर

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदै छ ।

हिजो सुरु भएको सुनुवाइमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । रविको तर्फबाट ११ वकिलले बहस गरिसकेका छन्, जसमा रमण श्रेष्ठको बहस आज सकिनेछ । त्यसपछि छविलालका वकिल र अन्त्यमा सरकारी वकिलको पालो हुनेछ ।

अदालतले आजै आदेश दिने तयारी गरे पनि त्यसको सुनिश्चित छैन।