
काठमाडौं । गभर्नर सिफारिस समितिको वैठक सकिएको छ । राष्ट्र बैंकको १८ औं गभर्नर चयनका लागि बसेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा. पोषराज पाण्डे रहेको सिफारिस समितिले पहिलो नम्बरमा विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।
यससँगै आज बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने तयारी गरेको जनाइएको छ ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेतवार्तापछि अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बसेको हो। दुई नेताबीच डा विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटेको स्रोतको दाबी छ ।










प्रतिक्रिया