
काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट हेर्दा हेर्दैमा परेको छ ।
सुनुवाइ सोमबार सम्पन्न नभएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई चलिरहेको उक्त मुद्दामा लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखरेल, बद्रि राउत र केदार दाहालले बहस गरे । साथै अधिवक्ता डा. नारायणदत्त कँडेल, दिपेन्द्र झा, सुदिग्य पन्त र विवेक राउतले समेत बहस प्रस्तुत गरेका थिए ।
यसअघि यो मुद्दा छ पटकसम्म सुनुवाइका ‘हेर्न नमिल्ने’मा पर्दै आएको थियो ।








प्रतिक्रिया