गभर्नरमा डा विश्व पौडेलविरुद्धको योग्यता सम्बन्धी रिट दर्ता नहुने*

4.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालत पुगेको रिट दर्ता नहुने भएको छ ।

यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठको आदेश विरुद्धको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपिठ आदेश सदर गरेको हो ।

मंगलबार अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेती रिट लिएर सर्वोच्च अदालत पुगेका थिए तर, अध्ययनपछि सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दरपिठ गरेको थिए ।

रिट दरपिठ भएपछि कानुन व्यवसायीले दरपिठविरुद्ध निवेदन दिएका थिए । जसको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको थियो । तर इजलासले उक्त दरपिठको आदेश सदर गरेसँगै अब डा पौडेल विरुद्ध रिट दर्ता नहुने भएको हो।

यसैबीच सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच डा पौडेललाई गभर्नर बनाउने सहमति भएको जनाइएको छ ।

गभर्नर चयनका लागि गठन भएको सिफारिस समितिको बैठक अहिले बसिरहेको छ ।

* प्राविधिक कारणबस अन्यथा भएकाले सच्याइएको छ – सम्पादक

Skip This