
काठमाडौं । डा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकका १८ औं गभर्नर नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गरेको हो । मंगलबार अपराह्न बसेको गभर्नर सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो । ति मध्ये सरकारले पौडेललाई गभर्नर सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वको समितिले डा विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको मध्ये डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
चैत २४ मा महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि केन्द्रीय बैंकको गभर्नर रिक्त रहेको थियो । सत्ता साझेदार दलहरुबीचको लामो रस्साकस्सीपछि केन्द्रीय बैंकले गभर्नर पाएको हो ।








प्रतिक्रिया