कास्की केन्द्रविन्दु भएर भूकम्प

469
Shares

काठमाडौं । मंगलबार दिउँसो गण्डकी प्रदेशको कास्की जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायत आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बु जिल्लाको छेस्काम क्षेत्र केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।