प्रधानमन्त्री अस्वस्थ भएपछि संसदमा प्रश्नोत्तर स्थगित, देउवासँग पनि हुन सकेन भेट

392
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री बैठकमा सहभागी नहुने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई सोमबारदेखि रुघा लागेको छ।

मंगलबारको बैठकमा सांसदहरूबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्ने कार्यक्रम तय गरिएको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएपछि प्रधानमन्त्री ओली उपस्थित नहुने हुँदा उक्त कार्यक्रम स्थगित गरिएको छ ।

यसअघि सोमबार(हिजो) साँज प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता हुने कार्यक्रम पनि प्रधानमन्त्री अस्वस्थ भएसँगै स्थगित भएको थियो ।

Skip This