
काठमाडौं । बजेट सार्वजनिक हुने समय नजिकिँदै जाँदा कर बढ्न सक्ने आशंकाबीच व्यवसायीहरूले विद्युतीय सवारीसाधन (ईभी) को आयात तीव्र बनाएका छन् । यसको प्रत्यक्ष प्रभावस्वरूप काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौं ईभी गाडी थन्किएका छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार चोभार सुक्खा बन्दरगाहमा मात्रै झण्डै १ हजार युनिटभन्दा बढी ईभी थन्किएका हुन् । यस्तै, रसुवागढी र तातोपानी भन्सार नाकामा पनि थप एक हजारभन्दा बढी गाडी थन्किएका छन् ।
व्यवसायीहरू चीनबाट ईभीको मूल्य घटेको अवसर र सम्भावित भन्सार वृद्धि दुबैलाई मध्यनजर गरी तीव्र रूपमा गाडी भित्र्याउन अग्रसर भएका हुन् । केही गाडी चोभारमै भन्सार प्रक्रिया पूरा नगरी थुपारिएको छ भने केही गाडी सिधै उपत्यका बाहिरका शोरुममा पठाइएको छ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (खनाल आयोग) ले पेट्रोल तथा विद्युतीय गाडीमा कर समायोजन गर्न र कार्बन उत्सर्जन गर्ने सवारीसाधनमा हरित कर लगाउन सिफारिस गरेपछि व्यवसायीहरूमा कर बढ्ने त्रास बढेको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधानमा समेत आकर्षण देखिएको छ ।














प्रतिक्रिया