
काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।
जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको ‘भृकुटीमण्डप’ स्थित प्रदर्शनी स्थलमा आयोजना गरिने मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरू साटेर नयाँ टिभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिने कम्पनीको भनाइ छ।
मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम ३० हजार मूल्याङ्कन प्रदान गरिनेछ । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ । ८ हजारसम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै ०% ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको (नियम तथा सर्त लागू हुने) कम्पनीले जनाएको छ । नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ।
मेला सुरु हुनुअघि, जेठ ६ गतेसम्म प्रि-बुकिङ गरिएको खण्डमा ग्राहकहरूलाई ५ हजार बराबरको उपहार प्रदान गरिनेछ।
मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित गरिनेछन्। प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश गरिनेछ। कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन प्रस्तुत गरिनेछ । त्यसै गरी स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ। यी मोडेलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन् ।
कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ ।








प्रतिक्रिया