
विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य सवार सवारीसाधन सोमबार मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ ।
विराटनगरतर्फ गइरहेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसदहरू चढेको बिएइ १४०६ नम्बरको सांसद सवार गाडीलाई ठक्कर दिएको थियो । उक्त सवारीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको जनाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।








प्रतिक्रिया