सुनिल पौडेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख बिगो माग

1.7k
Shares

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत गरी ४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

सूचना प्रविधि केन्द्रको उपकरणहरु खरिद गर्दा बढी मूल्यमा खरिद गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उक्त पाँच जना र कम्पनी विरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।