
सोमबार चन्द्रदेवको दिन हो, र चन्द्रमा शिवजीको मस्तकमै रहेका छन्, त्यसैले आजको दिन शिव–चन्द्रको संयुक्त कृपा प्राप्त हुने विशेष अवसर हो।
चन्द्रमा मन, भावना, सौन्दर्य, मातृभाव, तरलता, स्मृति शक्ति, यौन चाहना र पारिवारिक शान्तिसँग सम्बन्धित ग्रह हो। आज जल, दूध, सेतो वस्तु, कृषि, डेरी, सौन्दर्य प्रसाधन, महिला स्वास्थ्य र जलस्रोतसँग सम्बन्धित क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुन्छ। यस्तै सेयर बजारमा दुग्ध उद्योग, महिला केन्द्रित कम्पनी, सौन्दर्य प्रसाधन उत्पादन तथा जल–ऊर्जासम्बन्धी कम्पनीहरूमा लगानी गर्नु उपयुक्त हुन्छ।
तर अत्यधिक भावना, हडबडी निर्णय, र जोखिमपूर्ण मानसिक अवस्थाको कारणले निर्णय गर्दा हानि हुन सक्छ, त्यसैले आजको दिनमा अत्यधिक आत्मीयता वा मोहमा बहेर लगानी गर्नु हानिकारक हुन्छ। प्रेम जीवनमा चन्द्रमा भावुकता ल्याउने ग्रह भएकाले आज भावना सन्तुलन गर्न जरुरी हुन्छ, प्रेम प्रस्ताव राख्न अनुकूल छ, तर स्वार्थ वा मनोविकार हाबी भएमा सम्बन्ध बिग्रन सक्छ। यौन जीवनमा चन्द्रमा कोमलता र कोपिलापनको सूचक हो, यो दिन संयमित यौन सम्बन्धमा स्नेह र सन्तुष्टि मिल्छ, तर चन्द्रमा कमजोर वा पापग्रहसँग भएमा अशुद्ध सम्बन्ध, भ्रम, असन्तोष वा भावनात्मक दूरिको संकेत दिन्छ।
स्वास्थ्यको दृष्टिमा चन्द्रमा पाचन, रजःस्राव, मानसिक शान्ति, निद्रा, उच्च रक्तचाप र मस्तिष्कसँग सम्बन्धित छ, आज जलपान, सुपाच्य खाना, पर्याप्त आराम र ध्यान उपयुक्त हुन्छ। सोमबारको राम्रा पक्षहरूमा मानसिक चेतना, मातृप्रेम, सौन्दर्य, संगीत, ध्यान, करुणा र शान्ति पर्दछन् भने नराम्रा पक्षहरूमा चञ्चलता, अनिर्णय, मनोविकार, असन्तुलन, भ्रम र मानसिक तनाव पर्दछन्। कुण्डलीमा चन्द्रमा यदि चतुर्थ (४) वा द्वितीय (२) अङ्कमा अर्थात् ४ र २ स्थान वा भावमा हो भने जातकलाई मातृ सुख, घरको शान्ति, आर्थिक सुरक्षा, वाणीमा माधुर्य, मनको स्थिरता, सम्पत्ति र पवित्र प्रेम प्राप्त हुन्छ। तर चन्द्रमा यदि ८ अङ्कमा अर्थात् अष्टम भावमा वा ८ को संयोजनमा रहेमा जातकलाई मानसिक भय, भावनात्मक तनाव, माताको स्वास्थ्य समस्या, यौन विकृति, गोप्य रोग, र मानसिक अपमानको खतरा हुन सक्छ।
यस्तो अवस्थामा नियमित शिव अभिषेक, ओम नमः शिवाय मन्त्रको जप, चन्द्रमा मन्त्र ‘ओम श्रां श्रीं श्रौं सः चन्द्राय नमः’ को जप, र सोमबार व्रत गर्नु अत्यन्त लाभदायक हुन्छ।
नमस्कार, दर्शकवृन्द ! म अनुप खतिवडा, तपाईंहरूको आफ्नै ज्योतिष । आज हामी ग्रहहरूको चाल, तपाईंको राशिको प्रभाव, र यसको समाधानबारे विस्तृत रूपमा छलफल गर्नेछौ। हेरौँ, आज तपाईंको दिन कस्तो रहनेछ
आज मितिस् विक्रम संवत् २०८२ साल जेठ ५ गते, सोमवार, ईसं २०२५ मे १९ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ बछलागा, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म। आज ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि दिउँसो १:४५ बजेपछि अष्टमी तिथि लाग्नेछ। श्रवण नक्षत्र अपराह्न ४:११ बजेपछि धनिष्ठा नक्षत्र रहनेछ। योग ब्रह्म दिउँसो १:३८ बजेपछि ऐन्द्र योग रहनेछ। करण क्रमशः भद्रा दिउँसो २:१३ बजेसम्म, त्यसपछि वव र राति १:४५ बजेपछि वालव लाग्नेछ। चन्द्रमा मकर राशिमा रहेका छन्। आनन्दादि योगअनुसार आज सिद्धि योग रहेको छ। दिनमान १३ घण्टा ३२ मिनेटको छ। आज सूर्योदय बिहान ५:१५ मा हुनेछ भने सूर्यास्त साँझ ६:४७ मा हुनेछ। विशेष रूपमा आज दिउँसो २:१३ बजेसम्म भद्राकाल रहनेछ। साथै, धनिष्ठा पञ्चक आज राति २८: (३ )अर्थात् भोलिपल्ट ०४:०३० बजेबाट प्रारम्भ हुनेछ।
मेष
आजको दिन तपाईंको लागि सेयर बजार, सार्वजनिक यातायात, र खगोलशास्त्र क्षेत्रमा लगानी गर्न उपयुक्त छ। कृषि, प्राकृतिक स्रोत, र पानी आपूर्ति क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ। ऊर्जा, मेसिनरी, र धातु क्षेत्रका सेयरमा लगानी गर्दा राम्रो नाफा प्राप्त गर्न सकिन्छ। यद्यपि अचल सम्पत्ति, होटल, र मनोरञ्जन क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ। समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना छ, विशेष गरी ऊर्जा, धातु, र कृषि क्षेत्रका सेयरमा लगानी गर्दा। सन्तानको स्वास्थ्य सामान्य रहनेछ, केही खर्च पनि हुनसक्छ। स्वास्थ्यमा टाउको र पेट सम्बन्धी समस्यामा ध्यान दिनु पर्ने समय छ।
वृष
आजको दिन धातु, ऊर्जा, र मेसिनरी क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ। कृषि, प्राकृतिक स्रोत, र पानी आपूर्ति क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ। यद्यपि मनोरञ्जन, होटल, र अचल सम्पत्ति क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ। समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना छ, विशेष गरी ऊर्जा, धातु, र कृषि क्षेत्रका सेयरमा लगानी गर्दा। स्वास्थ्यमा पेट, गर्दन, र स्नायू प्रणालीमा समस्यामा ध्यान दिनु पर्छ।
मिथुन
आजको दिन सूचना प्रविधि, लेखन, र शिक्षा क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ। कृषि र सार्वजनिक यातायात क्षेत्रका सेयरमा राम्रो नतिजा मिल्ने सम्भावना छ। यद्यपि अचल सम्पत्ति, मनोरञ्जन, र होटल क्षेत्रका सेयरमा जोखिम बढी हुनेछ। समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना देखिए पनि कार्यलयमा आफुभन्दा तल्लो तहका कर्मचारी सग भने मनमुटाव हुनेछ। नयाँ सम्झौता हुने योग रहेको छ। स्वास्थ्यमा पेट, सांस सम्बन्धी समस्या, र तन्तु प्रणालीमा समस्या हुनसक्छ।
कर्कट
आजको दिन स्वास्थ्य सेवा, र वित्तीय क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ। शिक्षा र सार्वजनिक यातायात क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ। यद्यपि होटल, मनोरञ्जन, र अचल सम्पत्ति क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ। समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना छ, विशेष गरी स्वास्थ्य सेवा, वित्तीय क्षेत्र, र सम्पत्ति क्षेत्रका सेयरमा लगानी गर्दा फाइदा हुने देखिन्छ। स्वास्थ्यमा गर्दन, सांस सम्बन्धी समस्या, र हृदयमा असर पर्ने सम्भावना छ।
सिंह
आजको दिन मनोरञ्जन, सामाजिक सेवा, र विक्री प्रबर्धन क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ। धातु, स्वास्थ्य सेवा, र लेखन क्षेत्रका सेयरमा पनि राम्रो नतिजा मिल्ने सम्भावना छ। यद्यपि प्राकृतिक स्रोत, कृषि, र उद्योग क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ। समग्रमा, आजको दिन नाफा मुखी रहने सम्भावना छ, विशेष गरी मनोरञ्जन, सामाजिक सेवा, र विक्री प्रबर्धन क्षेत्रमा लगानी गर्दा फाइदा देखिन्छ। जीवन साथी वा प्रेमी प्रेमिका बिचूयौन विषयमा असहमतिका कारण झगडा हुन सक्ने देखिन्छ।
स्वास्थ्यमा पेट, आँखा, र स्नायू समस्यामा ध्यान दिनु पर्छ।
कन्या
आजको दिन अनलाइन व्यापार, सुरक्षा प्रविधि, र इको-फ्रेंडली प्रविधि क्षेत्रमा लगानी गर्नु उपयुक्त रहन्छ। फिनटेक, नवीनतम प्रविधि, र उर्जा क्षेत्रमा पनि लगानी गर्दा राम्रो नतिजा मिल्ने सम्भावना छ। यद्यपि अचल सम्पत्ति, मुद्रा बजार, र विपणन (विक्रि प्रबर्धन) क्षेत्रका सेयरमा जोखिम बढी हुनसक्छ। स्वास्थ्यमा मानसिक स्वास्थ्य (जस्तै तनाव, चिन्ता, अनिद्रा), स्क्रीन टाइमको अत्यधिक प्रयोगले उत्पन्न हुने आँखाको थकान र शरीरको थकान हुनसक्छ ।
तुला
आजको दिन सामाजिक कार्य, कला र सिर्जना, र मानव अधिकारका क्षेत्रमा लगानी गर्नु उपयुक्त देखिन्छ। वित्तीय समृद्धिका लागि दृष्य कला, मनोरञ्जन, र मनोविज्ञान क्षेत्रका सेयर राम्रो विकल्प हुन सक्छ। यद्यपि व्यापार र विपणन (विक्रि प्रबर्धन)का सेयरमा केही जोखिम देखिन्छ। केही यौन रोगका संकेत हरु देखा पर्न सक्छ्न । प्रेमी व प्रेमिका ले तपाईं लाई आज बिस्वास गर्ने छैन्न। जीवन साथी को फजुल खर्चले पनि तपाईं लाई समस्या मा पार्ने छ।
बृश्चिक
आजको दिन घर-जग्गा, बैंकिङ, र बिमा क्षेत्रका लगानीमा राम्रो लाभको सम्भावना देखिन्छ। प्रविधि, स्वास्थ्य सेवा, र शैक्षिक संस्थाका सेयर पनि लाभकारी हुने देखिन्छ। यद्यपि मुद्रा बजारका सेयरमा केही जोखिमको सामना गर्नुपर्ने हुन सक्छ।
स्वास्थ्यमा पाचन समस्या र ग्यास्टिक जस्ता समस्याहरू देखा पर्न सक्छन्। खानेकुरामा सन्तुलन राख्नु र पानी पर्याप्त सेवन गर्नु महत्त्वपूर्ण हुनेछ। यसका साथै, हल्का व्यायाम र सुत्नको समयमा विश्राम पनि स्वास्थ्यमा मद्दत पुर्याउनेछ।
धनु
आजको दिन शेयर बजार, प्रविधि, र बैंकिङ क्षेत्रमा लगानीमा राम्रो लाभको सम्भावना देखिन्छ। शिक्षा, स्वास्थ्य सेवा, र प्राकृतिक स्रोतहरूमा पनि लगानी गर्ने समय उपयुक्त छ। यद्यपि मुद्रा बजार र आन्तरिक व्यापार क्षेत्रमा जोखिम हुन सक्छ।
स्वास्थ्यमा ज्वरो र सर्दी-खोकीका लक्षण देखिन सक्छ। र, शरीरलाई सन्तुलनमा राख्न पानी पर्याप्त पिउने र सन्तुलित आहार अपनाउने कुरा ध्यान दिनु महत्त्वपूर्ण हुनेछ।
मकर
आजको दिन घर(जग्गा, बैंकिङ, र स्वास्थ्य सेवा क्षेत्रमा लगानीमा राम्रो सम्भावना देखिन्छ। विपणन, प्रविधि, र शिक्षा क्षेत्रमा पनि लगानी फाइदाजनक देखिन्छ। यद्यपि मुद्रा बजार र कृषि क्षेत्रमा जोखिम हुनसक्छ। स्वास्थ्यमा घाँटी र गुप्त रोग देखिन सक्छ। यस्ता समस्याबाट बच्न गर्म पानी पिउनु र सामान्य व्यायाम गर्नु लाभकारी हुनेछ।
कुम्भ
आजको दिन स्पा मसाज, सौन्दर्य सेवा, र बैंकिङ क्षेत्रमा लगानी गर्नु लाभदायक देखिन्छ। प्रविधि र शिक्षा क्षेत्रमा पनि लगानीको राम्रो अवसर छ। यद्यपि कृषि र नवीकरणीय ऊर्जा क्षेत्रहरूमा जोखिम बढ्न सक्छ।
स्वास्थ्यमा पछिल्लो समयमा थकान र सिरको दुखाइ देखिन सक्छ। यसका लागि आराम र प्राकृतिक उपचार जस्तै मसाज र ताजगीका लागि ताजा फलहरू खानु राम्रो हुनेछ।
मीन
आजको दिन बैदेशिक रोजगार, कार्गो, कुरियर र कागज कारखना जस्ता क्षेत्रमा लगानी गर्दा राम्रो फाइदा मिल्ने संभावना छ। प्रविधि, स्वास्थ्य सेवा, र बैंकिङ क्षेत्रमा पनि लगानी फाइदाजनक हुने देखिन्छ। यद्यपि शेयर बजार र नवीकरणीय ऊर्जा क्षेत्रमा जोखिम रहेको छ। पर्यटन सेवा मा भने तपाईं विबाद मा पर्नु हुनेछ। स्वास्थ्यमा हार्ड जोर्नी, दात, र मुख सम्बन्धी समस्या देखा पर्न सक्छ।
जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस्, र तपाईंका सबै कार्यहरू मंगलमय बनुन्। पुनः भेट हुनेछ भोलिको राशिफलमा, तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोस् ! क्लिकमाण्डु डट कम हेर्दै गर्नुहोला लाइक कमेट सस्क्राइव गर्नुहोला हजुर हरुको सुझाव र प्रतिक्रिया ले हामिलाइ अगाडि बड्न मध्द्त गर्नेछ। शुभदिन जय होस नमस्कार







प्रतिक्रिया