
सिराहा । सिराहाबाट स्रोत नखुलेको रकम र लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।
सिराहाको लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् । दुवैजनाको साथबाट ५५ लाख रुपैयाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत शुक्रबार साँझ ७ बजेको को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२।९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो ।
त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको डिएसपी पासवानले बताए ।








प्रतिक्रिया