दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

राजधानीको तीनकुने क्षेत्रमा चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा हिंसा भड्किएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीद्वारा अदालतमा पेस गरी म्याद थपको माग गरिएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।