
काठमाडौं । मखन आगलागी समयमा किन नियन्त्रण हुन सकेन ? कारण पत्ता लगाउन छानबिन समिति गठन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन् ।
‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो?,’ उनले भनिन्, ‘जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’








प्रतिक्रिया